बिहीबार, १५ चैत २०८०

महिलालाई पूर्ण यौन सन्तुष्टि दिन लिंग कत्रो हुनुपर्ला ?

समयपोष्ट २०७६ वैशाख २ गते १७:१७

Advertisement

म २३ वर्षिय अविवाहित पुरुष हुँ । मलाई मेरो लिंगको आकारले गर्दा मानसिक रोगी बनाएको छ । मलाई मेरो लिंगको आकार पूर्ण उत्तेजित अवस्थामा जम्मा ११ सेन्टिमिटर सामान्य भन्दा सानो जस्तो लाग्छ । विगतमा धेरै पटकसम्म दुइ युवतीसँग शारीरिक सम्पर्क हुँदा मैले उनीहरूलाई चरमसुख दिन नसकेको अनुभव भयो । मलाई कामसूत्रसम्बन्धी ज्ञान छ तथापि आकारका कारणले आत्मविश्वास कम भएको छ । अहिलेसम्म कुनै आयुर्वेदिक वा अन्य उपचार गराउने प्रयास गरेको छैन । म यो आकारबाट असन्तुष्ट छु, साथै यसको आकार बढाउन चाहन्छु । के यो सम्भव छ ? छ भने कसरी ?

उत्तरः लिंग कत्रो हुनुपर्ला ?

कामसूत्रका बारेमा ज्ञान भएको कुरा सुन्न पाउँदा खुसी छु । वात्सायनले नापअनुसार लिङ्गलाई खरायो, वृष -साँढे तथा अश्व -घोडा तीन वर्गमा विभाजित गरेका छन् भन्ने कुरा थाहा पाउनुभएकै होला । सामान्यतया उत्तेजित अवस्थामा लिंगको सालाखाला लम्बाइ यस्तै १५ सेन्टिमिटर हुन्छ । धेरै जसोको लिङ्गको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटरभित्र परे पनि यस्तै ७ प्रतिशत जतिको लिङ्ग ११ सेन्टिमिटरको हाराहारीमा हुने एक अध्ययनले देखाएको छ । केही मानिसको लिङ्ग भने साँच्चिकै सानो हुनसक्छ र त्यस्तो स्थितिलार्इ अंग्रेजीमा Micropenis वा micro-phallus भनिन्छ ।

शिशु जन्मँदा लिङ्ग तन्काएर नाप्दा १ दशमलव ९ सेन्टिमिटर अर्थात् पौने ९३र४० इन्चको भएमा शंका गर्नुपर्ने हुन्छ र कारणको खोजिनिती गर्नुपर्छ । यस्तै हजार जनामध्ये ६ जनामा यस्तो स्थिति हुन सक्ने देखिएको छ । लिङ्ग एक विशेष अङ्ग हो र यो अङ्ग मानवशरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्गका रूपमा भएर पनि यस्तो भएको हुन सक्छ । कतिपयले यसको आकार वा लम्बाइलाई पुरुषको व्यक्तित्व वा भनौ उसको पौरुषत्वसँग नै जोडिएको मान्छन् । त्यसैले कतिपय व्यक्तिमा आङ्खनो लिङ्गप्रति निकै चासो र चिन्ता हुन्छ । कतिपय व्यक्तिले लिङ्गको लम्बाइ वा मोटाइ सामान्य भएपनि सानो भयो कि भनेर चिन्ता गर्छन् । यस्तो स्थितिलाई अंग्रेजीमा Small Penis Syndrome भनिन्छ ।

के अर्को व्यक्तिको चरमसखु को जिम्मा तपाइले लिन सक्नुहुन्छ ?

कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुरा उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरङ्ग सम्बन्ध राख्छ । व्यक्ति पहिले मानसिक रूपमा नै त्यसका लागि तयार हुनु आवश्यक छ र उत्तेजनाका सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सकिँदैन, सहयोग गर्न मात्र सकिने हो । अर्को कुरा तपाइले महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुर हो भनेर थाहा पाइसक्नुभएकै होला ।

प्रायजसो महिलाले यही अङ्गको घर्षणबाट नै यौन सन्तुष्टि प्राप्त गर्छन् । सामान्यतया महिला तल र पुरुषमाथि भएर गरिने यौनसर्म्पर्कमा लिङ्गले भगांकुरलाई घर्षण गर्दैन । लिङ्गको लम्बाइ वा मोटाइ बढाए पनि यसले भगांकुरको घर्षणमा खासै फाइदा पुग्ने होइन बरु त्यसका लागि एकातिर तपाइको लिङ्गभन्दा औंला नै बढी सहयोगी सावित हुनसक्छ भने अर्कातिर आसन परिवर्तन । महिलाको योनिको भित्री भाग नभै बाहिरी -योनिद्वारनिरको भाग यौन संवेदनशील हुन्छ ।

के लिंग बढाउने उपायहरू होलान् ?

संसारभरि प्रयोग गरिने लिङ्ग बढाउने उपायहरूलाई मोटामोटी रूपमा ४ प्रकारमा विभाजित गर्न सकिन्छ ।

१. कसरत तथा हातैले तन्काउने विधि: दैनिक रूपमा पर्याप्त समय लिङ्ग-दोहन -दुहुने जस्तो गरी तन्काउने गरिएमा लिङ्गको नाप बढ्ने कुराको दाबी गरिएको छ ।

२. तौल वा यन्त्रको सहायताले तन्काउने विधि: यो कुनै वजनदार वस्तु लिङ्गमा झुन्डयाई वा कअचभधभहतभलमभच भएका यन्त्रले लिङ्गको नाप बढाउने विधि हो । कतिपयले यस्ता विधिले अनावश्यक रूपमा लिङ्गमा चोट पुग्ने कुरामा सजग हुनुपर्ने कुरामा जोड दिएका छन् ।

३. पम्प प्रयोग गर्ने विधि: दबाब कम गर्ने पम्प प्रयोग गरी लिङ्गमा रक्त प्रवाह बढाउने यो विधिले अन्य समयमा भन्दा लिङ्गको उत्तेजना कडा र बढी हुने कुरा गरेको छ । यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजानिए लिङ्गमा चोट पुग्ने सम्भावना यसमा पनि हुन्छ ।

४. शल्यक्रिया: यो विधिमा लिङ्गलाई अडयाउने तन्तु –यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकबाट गरिनु आवश्यक छ । यसका बाबजुद कतिपय स्थितिमा शल्यक्रिया गराउने व्यक्तिको आशाअनुरूप नतिजा नभएको कुरा पनि आएको छ, जसले असन्तोष नै थप्छ । के गर्दा ठीक होला- जवाफ सजिलो छैन । जिन्दगी तपाईंको भएकाले निर्णय तपाईंकै हुनुपर्छ तर सही निर्णयका लागि केही विचार पुर्‍याउनुपर्छ । लिङ्ग बढाउने कुरा गर्दा तपाईंले पढ्नुभएका विज्ञापनहरू सामान्य नापको लिङ्गलाई पनि सानो हो कि भन्ने भाव दिने र महिलालाई यौन सुख दिन सामान्यभन्दा निकै ठूलो नापको लिङ्गको आवश्यकता पर्ने कुरा उल्लेख गरेका हुन्छन् ।

सामान्यभन्दा कम नापको भयो भने त यौन जीवन नै समाप्त भयो कि जस्तो भान पार्ने सूचना दिन्छन् । फेरि सजिलै यी अंगका नापमा परिवर्तन गर्न सकिन कुरा पनि त्यसमा हुन्छ । त्यसैले यस्ता विज्ञापनलाई मात्रै आधार मानेर त्यसको पछि लाग्नु हुँदैन । यौन चरमसुखकै कुरा हो पहिले कसरी विविध यौन क्रियाकलाप तथा यौन सर्म्पर्कबाट आनन्द लिने भन्ने कुरामा ध्यान दिनु र हीनताबोधबाट मुक्त हुनु आवश्यक छ । – डा राजेन्द्र भद्रा /साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री