बिहीबार, १३ वैशाख २०८१

मुक्तिनाथ स्मार्ट बैंकिङ्ग एपबाट रिचार्ज गर्दा १०% बोनस,जुनसुकै बैंकका एटिएमबाट नि:शुल्क रकम निकाल्न सक्ने सुविधा

समयपोष्ट २०७६ वैशाख २ गते १३:१९

Advertisement

 

मुक्तिनाथ विकास बैंक लिले तीन नयाँ आकर्षक योजना सार्वजनिक गरेको छ ।

२०७६ वैशाख १ गते देखि लागु हुने यस योजनामा बैंकले भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको हो ।

भिसा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्सटान्ट भिसा डेबिट कार्ड सेवा सुविधा सुरु गरेको छ । यस अन्तर्गत ग्राहकले भिसा डेबिट कार्डको निवेदन फाराम बुझाएको दिननै ग्राहकहरुले भिसा डेबिट कार्ड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै मुक्तिनाथ भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटिएमबाट बिना कुनै अतिरिक्त शुल्कमा रकम निकाल्न सक्नेछन् ।

मुक्तिनाथ स्मार्ट बैंकिङ्ग एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १०% तथा एनसेलमा रिचार्ज गर्दा ५% सम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री