बिहीबार, १३ वैशाख २०८१

सलमान र ऐश्वर्याको डेटिङको तस्विर अहिले किन हुँदै भाइरल ?

समयपोष्ट २०७६ वैशाख २ गते १२:२८

Advertisement

अभिनेता सलमान खान र अभिनेत्री ऐश्वर्या रायको निकै पुरानो तस्विर भाइरल भएको छ ।

भाइरल भइरहेको तस्बिरमा सलमान र ऐश्वर्यासँगै बसिरहेका छन् । ऐश्वर्याको हातमा मग छ । सलमान भने हल्का मुस्कान दिएर बसिरहेका छन् । भारतीय सञ्चार माध्यम पञ्जाब केशरीका अनुसार उक्त तस्बिर उनीहरुको डेटिङको हो । तस्बिरमा क्याप्सन ‘Nations wants to know who leaked this pictures!’ लेखिएको छ ।

सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके सनम’ बाट यी दुई प्रेम सम्बन्धमा थिए । तर विविद कारणले यी दुईको प्रेम सम्बन्ध लामो समय टिक्न सकेन । पछि ऐश्वर्याले अभिनेता अभिशेष बच्चनसंग प्रेम विवाह गरिन् । हाल यी दुईकी एक छोरी छिन् आराध्या । सलमान खान भने अझै अविवाहितनै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री