बिहीबार, ५ असार २०७६

हावाहुरी पीडितलाई राष्ट्रिय बाणिज्य बैंकको ७५ लाख रुपैयाँ सहयोग

समयपोष्ट २०७५ चैत २८ गते १२:५१

राष्ट्रिय बाणिज्य बैंकले हावाहुरी पीडितलाई ७५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले बारा र पर्साका हावाहुरी पिडितको लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिएको हो ।

बैंकका सञ्चालक समिति अध्यक्ष महेन्द्रमान गुरुङले ७५ लाखको चेक प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासून्दर शाक्य, बैंक संचालक समिति सदस्य निर्मलहरि अधिकारी, बैंकका प्रमूख कार्यकारी अधिकृत किरणकूमार श्रेष्ठ, नायव प्रमूख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत श्री टेकराज जोशी, विभागीय प्रमूख राज्यलक्ष्मी खड्गी लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थित थियो।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा केन्द्र रहेको छ।

प्रतिक्रिया