शनिबार, ८ वैशाख २०८१

सलमानको ‘ दबंग – ३’ को सुटिङ रोक्न आदेश

समयपोष्ट २०७५ चैत २८ गते ११:०८

Advertisement

बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग–३’ को सुटिङ रोक्न भारतीय पूरातत्व सर्वेक्षण विभाग (ASI)ले आदेश दिएको छ ।

फिल्म ‘दबंग–३’को लागि मध्येप्रदेशको मान्डुस्थित ऐतिहासिक जल महलमा बनाइएको सेट हटाउन एएसआईले सूचना जारी गरेको छ । एएसआईले सेट नहटाएमा फिल्म सुटिङ हुन नदिने धम्की दिएको छ ।

समाचारको अनुसार प्रोडक्शन हाउसलाई यस विषयमा पहिले नै जानकारी गराइएको भएपनि कुनै प्रतिक्रिया नदिएपछि यो प्रक्रिया चालिएको हो । जारी सूचनाको अनुसार उक्त महलमा सेट बनाएर प्राचीन स्मारक, पुरातत्व स्थल र अवशेष नियम १९५९ को उल्लंघन गरेको आरोप लागको छ । सेट बनाउँदा एउटा मूर्तिमा क्षति पुगेको छ ।

यसअघि शिवलिंगमा प्लेट राखेर त्यसमाथि जथाभावी नाचेको कारण फिल्म विवादमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री