बुधबार, १२ वैशाख २०८१

पेप्सिकोलामा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा

समयपोष्ट २०७५ चैत २७ गते १९:२७

Advertisement

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा आफनो ७९ औं शाखा विस्तार गरेको छ । का.म.न.पा. वडा नं ३२, पुरानो सिनामंगल स्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेको हो । आजैबाट (बुधबार) बैंकको परिसरभित्र ११२ औ एटिएम पनि संचालनमा ल्याइएको छ ।

बैंकका संचालकहरु प्रजन्य राजभण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वर प्रसाद शाह तथा बैंकका प्रमुख कार्याकारी अधिकृत ज्योति प्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको बैंकले जनाएको छ ।

बैंकले ग्रामिण क्षेत्रमा आफ्नो शाखा विस्तार गरेसँगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको हो । सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय माग अनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको जनाइएको छ ।

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

बैंक अफ दी इयर पाँच पटक प्राप्त गरिसकेको एनआईबीएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सिलेन्स ‘बेष्ट बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा ‘ए’ बाट ‘ए प्लस’ ल्याई स्त्तरोनन्ति गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री