शुक्रबार, १६ चैत २०८०

सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त

समयपोष्ट २०७५ चैत २५ गते १६:४४

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् ।

बैंकको चैत्र २४ गते बसेको २९७ औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका देवकोटालाई २०७६ साल बैशाख १ गते बाट लागु हुने गरि नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा हालै नियुक्त भई रिक्त हुन गएको नायव प्रमुख कार्यकरी अधिकृत पदमा देवकोटालाई नियुक्त गरिएको बैंकले जनाएको छ । देवकोटाले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका थिए ।

बैंकिङ्ग क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एम.फील तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

सिटिजन्स बैंकमा आबद्ध हुनु अगाडी उनी नेपाल बैंक लिमिटेडमा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । देवकोटासँग बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री