शनिबार, ८ वैशाख २०८१

विद्यालयले दिने सेवा र गुणस्तरका आधारमा मात्र अभिभावकले शुल्क बुझाउने हुन्

अनिल केडिया, अध्यक्ष, डीएभी सुशील केडिया विश्व भारती स्कुल २०७५ चैत २२ गते १५:०५

Advertisement

पछिल्लो समय निजी विद्यालय बन्द गर्नुपर्ने, निजीबाट सहकारी जाने, शुल्क घटाउने, मुनाफारहितमा जाने भन्ने विषयले चर्चा पाइरहेको छ । यस्ता विषयले हामी पनि प्रभावित भएका छौँ । यसले व्यवसाय अगाडि बढाउने, नबढाउने, कुन ढङ्गले अगाडि बढाउने भन्ने अन्योल हुँदोरहेछ । तर पनि विद्यालय जुन ढङ्गमा अगाडि बढ्नुपर्ने हो, त्यो हिसाबमा अगाडि बढिरहेको छ ।

हरेक वर्ष हामी विद्यालयमा नयाँ–नयाँ कार्यक्रमहरू थप्ने गर्छौं । त्यसका लागि भौतिक पूर्वाधारका कुराहरू आवश्यक पर्ने नै भयो । ती पूर्वाधारहरू थपिने क्रम चलिरहन्छ । जस्तो– गत वर्ष मात्र हामीले फुट्सल, प्ले स्टेसन निर्माण ग¥यौँ । साथै, विद्यालयको सौन्दर्यकरणका कामहरू पनि गरेका छौँ ।

डीएभीका विशेषता अहिलेको समयमा विद्यार्थीहरूलाई खालि पढाएर मात्र हुँदैन । उनीहरूलाई संस्कार सिकाउन अति जरुरी छ । अहिले विश्व यति द्रुत गतिमा अगाडि बढिरहेको छ कि मानिसहरूमा संवेगात्मक, आध्यात्मिक सन्तुलन नै छैन । आजका विद्यार्थी भविष्यमा डाक्टर, इन्जिनियर भइसकेपछि अथवा कुनै पनि व्यवसायमा अगाडि बढिसक्दा उनीहरूमा सबै कुरा छ तर संवेगात्मक सन्तुलन छैन भने त्यो काम लाग्दैन । भोलि परिपक्व निणर्य गर्न नसक्ने अथवा केही निर्णय गर्नुपर्दा डिप्रेसनमा आइहाल्ने भयो भने उसको भविष्य नै बर्बाद हुन्छ । त्यस कारण संवेगात्मक सन्तुलन आवश्यक छ, जुन शिक्षाले मात्र पूरा गर्न सक्दैन ।

 

आजका विद्यार्थी भविष्यमा डाक्टर, इन्जिनियर भइसकेपछि अथवा कुनै पनि व्यवसायमा अगाडि बढिसक्दा उनीहरूमा सबै कुरा छ तर संवेगात्मक सन्तुलन छैन भने त्यो काम लाग्दैन । भोलि परिपक्व निणर्य गर्न नसक्ने अथवा केही निर्णय गर्नुपर्दा डिप्रेसनमा आइहाल्ने भयो भने उसको भविष्य नै बर्बाद हुन्छ ।

अहिले विद्यार्थीहरू विश्वको हरेक कुनामा फिट हुनेखालको हुनुपर्छ । त्यसका लागि विद्यार्थीहरूलाई सानैबाट मजबुत बनाउनुपर्छ । भनिन्छ नि, जग बलियो भयो भने घर बलियो हुन्छ । जरैबाट मजबुत बनाउनेखालको बहुआयामिक संस्कारसहितको शिक्षा आजको आवश्यकता हो । कुनै पनि मानिस डाक्टर हो तर उसलाई गीत गाउन, नाच्न आउँछ, ऊ सफल खेलाडी पनि हो अथवा अन्य कुरामा पनि ऊ पोख्त छ भने जिन्दगीमा अझ अगाडि बढ्न सक्ने अनुसन्धानहरूले समेत पुष्टि गरिसकेका छन् । ‘स्लो एन्ड स्टडी विन द रेस’ भन्ने भनाइ एक जमानामा निकै प्रचलित थियो । त्यो अहिलेको समयमा समेत सान्दर्भिक छ । धेरै मानिसहरू छिटो सफल हुन चाहन्छन् । त्यस कारण छिटो–छिटो व्यवसाय परिवर्तन गरिरहन्छन् । यसो गर्दा मानिस हतास हुने, डिप्रेसनमा जाने सम्भावना प्रबल रहन्छ । त्यस कारण एउटै लक्ष्य प्राप्त गर्न दृढ हुने र एकै कुराको लागि लामो समयसम्म प्रयत्न गरिरहने हो भने त्यो व्यक्ति एक दिन पक्कै सफल हुन्छ । त्यही कुरा बुझाउनका लागि विद्यार्थीहरूलाई असल संस्कार, संवेगात्मक, आध्यात्मिक शिक्षा आवश्यक पर्छ । यी कुराको बारेमा विद्यार्थीहरूलाई सानै बेलादेखि ज्ञान दिइँदै आएको छ भने भोलि त्यो विद्यार्थी अवश्य सफल हुन्छ । हामीले यस्ता यावत् विषयवस्तुमा केन्द्रित रहेर विद्यार्थीहरूलाई शिक्षा दिँदै आएका छौँ ।

अन्योलमा नियामक

विद्यालय तहको शिक्षलाई स्तानीय सरकारले नियमन गर्न थालेसँगै सुरुको छ महिनामा हामीलाई अलि अप्ठेरोे परेको थियो । तर अहिले नगरपालिका, स्थानीय तहले खासै अप्ठेरो पारेका छैनन् । तर यसमा सरकार आफैँ स्पष्ट छैन । सङ्घबाट नै हेर्ने कुराहरू पनि आइरहेका छन् । विभिन्न फरक–फरक निकाय भएको हुँदा के–को लागि कहाँ जाने भन्नेमा हामी आफैँ अन्योलमा छौँ ।

अहिले पुरानै प्रणालीमा चलिरहेको हुँदा नगरपालिकाले पनि हस्तक्षेप गरेको छैन । यसअघि स्थानीय तहमा हामीले के–कति बुझाउने भन्नेबारेमा कुरा उठेको पनि थियो । त्यति बेला हामी आत्तिएका पनि थियौँ । तर पछिल्लो चरणमा त्यस्तो केही आएको छैन ।

 

अस्पताल, विद्यालय, होटल भनेका छुट्टै किसिमका व्यवसाय हुन्, जसको लागि धेरै सेवा–सुविधा र पूर्वाधारको आवश्यकता पर्छ । यी र अन्य व्यवसायलाई एकै ठाउँमा राखेर हेर्न मिल्दैन ।

अस्पताल, विद्यालय, होटल भनेका छुट्टै किसिमका व्यवसाय हुन्, जसको लागि धेरै सेवा–सुविधा र पूर्वाधारको आवश्यकता पर्छ । यी र अन्य व्यवसायलाई एकै ठाउँमा राखेर हेर्न मिल्दैन । यिनीहरूका लागि छुट्टै नियम कानुन बनाउन आवश्यक देख्छु म । अहिले विद्यालयहरू आवश्यकता भन्दा बढी भइसकेका छन् । कुनै पनि विद्यालय राम्ररी सञ्चालन गर्न न्यूनतम आठ सय विद्यार्थी आवश्यक पर्छन् । अहिले डेढ सयदेखि तीन सय हाराहारी विद्यार्थी भएका विद्यालयहरू धेरै छन् । विद्यालय खोल्न नियन्त्रण गर्दा अबको पन्ध्र–बीस वर्षपछि एउटा विद्यालयमा विद्यार्थी सङ्ख्या लगभग एक हजार पुग्छन्, जुन राम्रो कुरा हो ।

कसैलाई नयाँ स्कुल सञ्चालन गर्ने इच्छा छ भने पुरानै लिएर चलाउँदा पनि हुन्छ । अहिले दशवटा स्कुल बिक्रीमा छन् । अर्को, खुला बजार अर्थनीतिको कुरा गर्दा कुनै चिज लाइसेन्स जस्तो हुनुहुँदैन । यो क्षेत्रमा खोल्न पाइने, नपाइने भनेर क्षेत्र तोक्ने यस्ता कुरा नीतिका हिसाबले सही होइनन् । फेरि, सरकारले पहिले नै चाहिने भन्दा बढी लाइसेन्स दिइसकेको पनि छ ।

शुल्क राजनीति

जव विद्यालय भर्ना हुने समय आउँछ, तब शुल्कको राजनीति सुरु हुन्छ । झन्ढै २५ वर्षदेखि यो विषय उठिरहेको छ । विद्यालयहरूले शुल्क पनि लिइरहेका छन् । यसले सञ्चालकलाई जबर्जस्ती तनाव मात्र दिने काम गरिरहेको छ । यो राजनीति गर्ने विषय मात्र बनेको छ । विद्यालयले शुल्क तोक्छ, अभिभावकले शुल्क बुझाउँछन् । फेरि, कुनै पनि अभिभावकले विद्यालयले तोकेकै भरमा शुल्क बुझाउँदैन । विद्यालयले दिने सेवा, सुविधा र गुणस्तर सबै नभई मानिसले कसरी पैसा तिर्छ ? मात्र विद्यालयको विज्ञापन, त्यहाँका ठूला–ठूला भवनहरू हेरेर पैसा तिर्ने त होइन । विद्यालयले दिने सेवाप्रति अभिभावक सन्तुष्ट भए मात्र तोकिएको शुल्क बुझाउने हुन् ।

खुला बजार छ । यहाँ नभए मानिस दिल्ली जान्छ । यहाँबाट मानिस एक घन्टामा दिल्ली पुग्छ । वीरगन्जकै लगभग एक हजार विद्यार्थी देहरादुनमा पढिरहेका छन् । त्यस कारण राम्रो खोज्ने मानिस राम्रो खोज्दै जहाँ पनि जान्छ ।

अहिले प्रायः सबैको एकभन्दा बढी सन्तान हुँदैनन् । त्यही सन्तानको भविष्यमाथि अभिभावकको भविष्य निर्भर हुन्छ । त्यस कारण छोरा–छोरीको विषयमा अभिभावकले त्यसै निर्णय लिँदैनन् । जस्तो– अहिले नेपालका अधिकांश विद्यार्थीहरू पढ्न भारत जान्छन् । सरकारले कहिले के, कहिले के भनेर विद्यालयलाई पढाउने वातावरण नै दिँदैन । खुला बजार छ । यहाँ नभए मानिस दिल्ली जान्छ । यहाँबाट मानिस एक घन्टामा दिल्ली पुग्छ । वीरगन्जकै लगभग एक हजार विद्यार्थी देहरादुनमा पढिरहेका छन् । त्यस कारण राम्रो खोज्ने मानिस राम्रो खोज्दै जहाँ पनि जान्छ ।

बजार परिपक्व : नीति निर्माता परिपक्व

अहिले सबै नेपालीले बझेका छन्, मेरो स्कुल यस्तो–उस्तो भन्नुपर्दैन । अभिभावक स्वतन्त्र ढङ्गले विद्यालय छनोट गर्न सक्षम छन् । बजार परिपक्व छ तर नीति निर्माता परिपक्व छैनन् । उनीहरू परिपक्व नभएपछि हामी जहाँ बसेको हुन्छौँ, त्यही हिसाबले काम गर्नुपर्ने हुन्छ । शुल्क तोक्ने विषयमा पनि त्यो हुनेबित्तिकै त्यसको साइड इफेक्ट पक्कै आउँछ । अहिले हाम्रो समाज, हाम्रा विद्यार्थी, शिक्षक, व्यापारी सबै परिपक्व भइसकेका छन् ।

हामी हवाईजहाज उडाउन, विश्वस्तरीय बैङ्क खोल्न सक्षम भइसकेका छौँ । नेपाली अमेरिका, अस्ट्रेलिया, पुगेर अर्बपति बनेका उदाहरण धेरै छन् । त्यस कारण सरकारले यहाँ अवसर दिने र ढोका खोलिदिने हो भने जे पनि हुन्छ । असम्भव केही छैन ।

कहाँ चुक्यो सरकार ?

हरेक देशमा आफ्नै किसिमका अलग–अलग संस्कारहरू हुन्छन् । त्यो संस्कारले समग्रलाई प्रभाव पारेको हुन्छ । जस्तो– जापान, सिङ्गापुर, भारत, पाकिस्तान सबैको आफ्नै किसिमको संस्कार रहेका छन् । जापानिज चाहे सरकारीमा काम गर्ने हुन् अथवा निजीमा, उनीहरू सबैमा एकै किसिमको संस्कार हुन्छ । अन्य मुलुकको हकमा पनि त्यही हो ।

हाम्रो देशको कुरा गर्दा यहाँ जति पनि सरकारले चलाएका उद्योगहरू छन्, तिनीहरूले राम्रो गर्न सकेका छैनन् । जस्तो– सिमेन्ट उद्योग, वायु सेवालगायतका थुप्रै छन् । तर नेपालमै जापान, चाइना, सिङ्गापुर वायु सेवा निगमहरू सफल भएका छन् र राम्रो गरेका पनि छन् । उनीहरू सफल हुनुको पछाडि उनीहरूले आफ्नो देशमा सिकेको संस्कार नै हो । फेरि, उनीहरूको देशमा त्यही किसिमको संस्कार बसिसकेको छ । तर नेपालको सन्दर्भमा त्यो छैन । हाम्रो देशको सिष्टममा पाकोपन नै छैन । यहाँका कर्मचारीहरूमा जिम्मेवारीबोध नै छैन ।

शिक्षा क्षेत्रमै काम गर्ने शिक्षक–कर्मचारीहरू समेतमा त्यस्तो जिम्मेवारी छैन । त्यही नहुँदा शिक्षक–कर्मचारी जाँच गर्न बायोमेट्रिक्स प्रणाली प्रयोग गरिन्छ । हरेक स्थानमा सीसी टीभीमार्फत् उसमा नजर राखिन्छ । यसले निजी विद्यालय सञ्चालन गर्न सहज बनाइदिएको छ । तर सरकारीमा यी सब कुराको व्यवस्था गरिएको हुँदैन । सरकारी त हो नि भन्ने मानसिकता हरेकमा हावी छ । त्यस कारण सरकारीमा जबसम्म हाम्रो भन्ने संस्कार बस्दैन, तब जति लगानी गरे पनि बालुवामा पानी खन्याएसरह हुन्छ ।

निजी स्कुलहरू बढ्नुको कारण पनि सरकारी स्कुलमा गुणस्तर नभएर नै हो । पहिले एकै परिवारमा थुप्रै सन्तान हुन्थे । जहाँ पढाए पनि, जस्तो पढे पनि मतलब हुँदैनथ्यो । अहिले एउटै मात्र सन्तान हुने हुँदा मानिसले हरेक कुरा उसलाई दिन खोज्छन् । त्यसले गर्दा निजी विद्यालयहरूले पनि त्यहीअनुरूप नयाँ प्रविधि, नयाँ सिकाइ विधिहरू अपनाइरहेका हुन्छन् । सरकारी स्कुलले केही नयाँ थप्यो भने त्यसको दुई गुणाभन्दा बढी निजीले थप्छ । त्यस कारण मानिस निजीमै आकर्षित हुन्छ ।

विकल्प संस्कारसहितको शिक्षा

हामी पूर्वीय दर्शन मान्ने मान्छे हौँ । उच्च तहमा अमेरिकामा समेत गीताको अध्यापन गराइन थालिसकिएको छ । एसियन महादेशका मानिसहरू अमेरिकनभन्दा स्मार्ट हुन्छन् । अमेरिकनहरूले किन स्मार्ट हुन्छन् भनेर एक अनुसन्धान गरे । त्यसबाट उनीहरूले हाम्रो वैदिक संस्कारको महत्व बुझे । हाम्रो धर्म र मूल्य–मान्यताको बारेमा बुझे । त्यस कारण अहिले अमेरिकामा अभिभावकहरू मेरा छोरा–छोरीलाई डाक्टर, इन्जिनियर केही बनाउनुपर्दैन, मात्र असल मानव बनाइदेऊ भन्छन् ।

अहिले अमेरिकामा अभिभावकहरू मेरा छोरा–छोरीलाई डाक्टर, इन्जिनियर केही बनाउनुपर्दैन, मात्र असल मानव बनाइदेऊ भन्छन् ।

अहिले भारतमा पूर्वीय मान्यताका जति पनि विद्यालयहरू छन्, त्यहाँ शुल्क अत्यन्तै महँगो छ । बच्चा भर्ना गर्न अभिभावकहरू तँछाड–मछाड गर्छन् । एउटा राम्रो संस्कार भएको विद्यार्थीले भविष्यमा जहाँ गएर पनि गरीखान सक्छ । जुन विद्यालयमा संस्कार सिकाइन्छ, जहाँ नयाँ–नयाँ प्रविधिहरू छन्, अतिरिक्त क्रियाकलापहरू छन्, अभिभावकले त्यस्ता विद्यालय रोज्नुपर्छ ।

अर्को, साथीहरूबाट पनि धेरै कुराहरू सिक्न सक्ने एक अध्ययनले पुष्टि गरिसकेको छ । त्यस कारण भारतमा पन्ध्र प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीलाई भनेर कोटा नै छुट्ट्याइसकिएको छ । विभिन्न मुलुकका मान्छे सँगै बसेर सिक्दा सिकाइ अझ प्रभावकारी हुन्छ । साथीहरूबाट विभिन्न देशको भाषा, संस्कार र संस्कृतिको बारेमा ज्ञान हासिल गर्न मद्दत पुग्छ । नेपाल, चाइना, बिहार, इङ्ग्ल्यान्ड सबै ठाउँको छ भने विद्यार्थी एकोहोरो दिमागको हुँदैन । विद्यार्थी ग्लोबल सिटिजन बन्न सक्छ । जति ज्ञान किताबबाट पाउन सकिन्छ, त्यो भन्दा बढी ज्ञान फरक वर्ग र समुदायका साथी र शिक्षकबाट पाउन सकिन्छ । साथै, तल्लो जात, माथिल्लो जात भन्ने सोचमा पनि परिवर्तन आउँछ । त्यस कारण विद्यालय रोज्दा यी सबै कुरामा ध्यान दिनुपर्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री