बुधबार, १२ वैशाख २०८१

स्कोडा र्यापिड कारको नयाँ अफर ‘फाइनेन्स फ्रिडम’

समयपोष्ट २०७४ वैशाख १५ गते ९:५६

नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले ग्राहकको सजहतालाई ध्यानमा राखी फाइनेन्सिङका दुई वटा नयाँ विकल्प सार्वजनिक गरेको छ ।‘फाइनेन्स फ्रिडम’ नाम दिइएको यो नयाँ अफरमा ग्राहकले अब ३० प्रतिशत डाउन पेमेन्ट वा मासिक किस्ता २८ हजार एक सय सात र ८.९९ प्रतिशत ब्जायदरमा नयाँ स्कोडा र्यापिड खरिद गर्न सक्ने जनाइएको छ । ग्राहकको सुविधाका लागि अफर ल्याएको कम्पनीले जनाएको छ ।

Advertisement

फाइनेन्सिङ जटिलताका कारण युरोपियन लक्जरी कारको अनुभव गर्नबाट कुनै पनि ग्राहक नछुटोस् भन्ने चाहँदै यो अफर ल्याएको स्कोडा एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले वताए ।

यसैबीच, स्कोडा एमएडब्लुले नेपालभरिका सोरुममा एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ । २० बैशाखसम्म चल्ने एक्सचेन्ज क्याम्पमा पुराना कारको दुई लाख रुपैयाँसम्म ‘एक्स्ट्रा भ्यालुएसन’ हुनेछ । कम्पनीले स्कोडा ¥यापिडको खरिदमा ग्राहकलाई नगद छुटका साथै एक वर्षका लागि निशुल्क सवारी कर, र निशुल्क एसोसरिज प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री