शुक्रबार, १६ चैत २०८०

स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु भएका छन् : प्रधानमन्त्री

समयपोष्ट २०७४ वैशाख ११ गते १३:१७

प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताएकबा छन ।
सोमबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकमा बोल्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा नयाँ प्रयासहरु गरिएको बताएका हुन । 
सभामा प्रधानमन्त्रीले भने, ‘माननीय स्वास्थ्य मन्त्रीजी पनि निरन्तर लागि रहनुभएको छ । मेरो नेतृत्वको सरकार मुलूकका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने र जनताको जीवनमा परिवर्तन ल्याउन लागिरहेको छ । यस बीचमा स्वास्थ्य क्षेत्रमा पनि नयाँ प्रयासहरु भएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले गति लिन थालेका छन् । हामीले रचनात्मक र जवाफदेही भएर काम गरौं, जनताको जीवनमा परिवर्तन ल्याउने संकल्प गरौं ।’
सभामा बोल्दै स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकूलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यवहारिक काम गरिरहेको बताए । सभाले प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री