मंगलबार, ११ वैशाख २०८१

सिद्धार्थ फूडल्याण्डमा एनएमबी बैंकका ग्राहकले१० प्रतिशत छुट पाउने

समयपोष्ट २०७४ वैशाख ७ गते ६:५१

सिद्धार्थ विजनेश ग्रुपबाट संचालित रेष्टुरेन्ट र होटलमा एनएमबी बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् । ग्राहकले बैंकको भिसा कार्डमार्फत यो छुट पाउने भएका हुन् । 

Advertisement

बैंकका प्रमुख व्यापार अधिकृत सुदेश उपाध्याय र सिद्धार्थ विजनेश समूहका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानले छुट दिने सम्झौंतामा हस्ताक्षर गरे । ग्राहकले बैंकको भिसा कार्डमार्फत यो छुट पाउनेछन् ।

उपत्यकामा वानेश्वर, तिनकुने र धोविघाटमा सिद्धार्थ फूडल्याण्ड छ भने मुलुकका विभिन्न स्थानमा सिद्धार्थ फूडल्याण्ड र सिद्धार्थ होटल संचालनमा छन् ।त्यस्तै  एनएमबी बैंकको देशभर ७२ वटा भन्दा बढी शाखा कार्यालय, ५६ वटा एटिएम र सात वटा एक्सटेन्सन काउन्टरहरु रहेका छन् । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री