शुक्रबार, ७ वैशाख २०८१

१० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन असम्भव छैन : ऊर्जामन्त्री

समयपोष्ट २०७४ वैशाख ४ गते १०:५३

उर्जा मन्त्री जर्नादन शर्मा प्रभाकरले १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन असम्भव नरहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने,"सरकारले नै ७ वर्षमा ८ हजार मेगावाट विद्युत् उत्पादन गर्नेछ, निजी क्षेत्रबाट सोही अवधिमा ९ हजार मेगावाट विद्युत् उत्पादन हुनेछ, त्यसैले १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन असम्भव छैन,"।

Advertisement

त्यस्तै मन्त्री शर्माले सरकारले ५ वर्षभित्रै देशका हरेक परिवारलाई जलविद्युत् कम्पनीको १ लाख रुपैयाँ बराबरको सेयर दिने योजना बनाएको समेत बताए । उनले भने,"सर्वसाधारणले पैसा तिरेर मात्र नभई जलविद्युत् आयोजनामा श्रमदान गरेरपनि सेयर लिन पाउने छन्"। 

मन्त्री शर्माले लोडसेडिङ अन्त्यको कारण लगानी वातावरण बनेकोले चालु आवमा प्रक्षेपित गरिएको आर्थिक वृद्धि हासिल हुने अवस्था आएको समेत कार्यक्रममा बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री