बिहीबार, १३ वैशाख २०८१

टाटा मोटर्सको नेपालगञ्जमा शोरुम र सेवा केन्द्र

समयपोष्ट २०७३ चैत ३१ गते ११:०२

टाटा मोटर्सको  आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले नेपालगञ्जमा आफनो् शोरुम र सेवा सुविधा केन्द्रको शुरुवात गरेको छ । टाटा मोटर्स र सिप्रदी टेडिङ्गको प्रतिबद्घता अनुुसार आफनो सजांल नेपालभरी फैलाउने क्रममा नेपाल भित्रको सबैभन्दा ठुुलो सेवा सुुविधा केन्द्रको रुपमा नेपालगञ्जमा खोलिएको जनाइएको छ । कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेहिकलका कार्यकारी निर्देशक रवीन्द्र पिसारोड्डीले नेपाली बजारमा टाटाको कमर्सियल गाडीको व्यावसायिक संजाल बिस्तार भएकोमा खुसी व्यक्त गरे ।
विश्व बजारमा लामो समयदेखि नेतृत्वदायी भूमिका खेलिरहेको टाटाका ब्रान्डहरुले उपभोक्ताको आवश्यकता र भावनाहरुलाई नजिकसँग बुझेको उनको भनाइ छ । टाटा मोर्टसका अन्तर्राष्ट्रिय ब्यापार, कमर्सियल भेहिकल्स युुनिटका प्रमुुख रुद्ररुप मैत्रले ग्राहकलाई स्तरीय विक्री तथा विक्री पश्चातको सेवा अनुभवको निश्चित गर्ने रणनितीक योजना अनुुरुप यो एउटा पहल गरेको वताए ।
थ्रि एस सेवा सुविधा केन्द्रमा कार्यगत समुह बाटनै यस केन्द्रको कार्य क्षमतालाई झल्काउने जनायउको छ । सिप्रदी कम्पनीका सिइओ राजन बाबु श्रेष्ठले ग्राहकलाई आफनो गाडीको अधिकतम उपयोग गर्ने मोैका मिलोस भनेर ठाउँमै गएर सेवा दिन मोवाइल सर्भिस गाडीको पनि ब्यवस्था गरिएको बताए ।
सेवा सुविधा केन्द्रको उद्घाटनसँगै कार्यक्रममा पहिलो मोबाइल वर्कशपको पनि शुरुवात गरिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री