बुधबार, १२ वैशाख २०८१

उद्योग वाणिज्य महासंघको स्वर्ण अवार्ड कुलमानलाई

समयपोष्ट २०७३ चैत २८ गते १०:१७

नेपाल उद्योग वाणिज्य महासंघले विद्युत आपूर्ति सहज बनाएर उद्योग तथा व्यावसायमा सहजता ल्याउन सहयोग पुर्याएको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरेको छ । महासंघको ५१ औं वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा सार्वजनिक सेवा अन्तर्गत  ‘ट्रेड सेटर गोल्ड अवार्ड’ बाट उनलाई सम्मान गरिएको हो ।

Advertisement

 स्वर्णजयन्तीको अवसरमा वित्तीय क्षेत्रतर्फ ‘ट्रेण्ड सेटर गोल्ड अवार्ड’बाट हिमालय शमशेर जबरा, पर्यटन क्षत्रबाट  कर्ण शाक्य,उडड्यन क्षेत्रबाट बिरेन्द्रबहादुर बस्नेत, मनोरञ्जन क्षेत्रबाट नकिम उद्दिन,आईटीबाट रुद्रराज पाण्डे,शिक्षामा सुरेशराज शर्मा,स्वाथ्यमा सन्दुक रुइत,समाजिक क्षेत्रमा अनुराधा काइरालालाई ट्रेण्ड सेटरको आवर्डबाट सम्मानित गरियो । 

सेवा क्षेत्रतर्फ मनकामना केबलकारका लक्ष्मणबाबु श्रेष्ठले टेण्ड सेटरको अवार्ड हात पारेका छन् । त्यसैगरी सञ्चार क्षेत्रको ट्रेण्ड सेटरको अवार्ड कैलाश सिरोहियाले पाएका छन् । उमरोणरान्त सम्मानबाट बिराटनगर जुट मिल्सका संस्थापक रामलाल गोल्छा सम्मानित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री