बुधबार, १२ वैशाख २०८१

सरकारसंग सहकार्य गरेर अगाडी बढ्ने डिएनए बोकेको मान्छे हुँ : शेखर गोल्छा

समयपोष्ट २०७३ चैत २७ गते ४:३६

शेखर गोल्छा नेपालको पुरानो औद्योगिक घराना गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक हुन् । उनले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । महासंघमा एसोसिएटतर्फको उपाध्यक्ष भैसकेको उनि नेपाल अटो मोवाइल एसोसियसनका निवर्तमान अध्यक्ष पनि हुन् । रोजगारदाता परिषदको सभापति हुँदा उनले श्रम ऐनका विादित बिषयमा सहमति जुटाउन सफल भएका थिए । चेम्वर आन्दोलनको माहोलमा हुर्किएका उनि समुहगत र सस्थागत रुपमा निजी  क्षेत्रका कुरा उठाउँदा मात्र सफल हुने विश्वास राख्दछन । सरकारसंग मिलेर जाँदा मात्र निजी क्षेत्रका समस्या समाधान हुने धारणा राख्ने गोल्छासंग उनका चुनावी एजेन्डा र जित्ने आधारबारे समयपोष्टले गरेको कुराकानी : 

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष लागि उम्मेवादवारी दिनुभएको छ, तपाईका चुनावी एजेन्डा के हुन ?
मैले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको छु । वरिष्ठ उपाध्यक्षको कर्तब्य भनेको अध्यक्षको कार्यकाललाई सफल बनाउँने हो । त्यहीँ अनुसार मेरो पहिलो उदेश्य भनेको भवानी राणा जो अध्यक्ष बन्दै हुनुहुन्छ उहाँको कार्यकाल सफल बनाउँनु नै हो ।  दोस्रो उद्येश्य  सचिवालय सुधार गर्नु हो । तेस्रो मैले धेरै बर्ष देखि ऐनहरुमा काम गरिरहेको छु । जस्तो श्रम ऐन,सामाजीक सुरक्षा ऐन । तिन चार ओटा ऐनहरु आईसकेको छ भने तिनचार ओटा ऐन आउँन बाँकी नै छ । यि ऐनहरुमा निजी क्षेत्रका कुराहरु शशक्त रुपमा राख्नुपर्ने छ । ऐनमा निजी क्षेत्रका बारेमा राख्नुपर्ने  कुराहरु शशक्त ढंगले राख्ने मेरो लक्ष्य हो । र चौथो भनेको अन्तराष्ट्रिय समन्वय गर्ने रहेको छ । अन्तराष्ट्रिय समन्वय गरेर देशमा कसरी विदेशी लगानी भित्राउँने र विभिन्न क्यापासिटी विल्डिंगको लागि देश र जिल्लामा विभिन्न कार्यक्रमहरु लिएर आउँने रहेको छ । 

shekhar 3

तपाईले जित्ने आधार के हुन् ?
मेरो जित्ने आधार भनेको म युवा हुँ । मैले २० बर्ष च्याम्वर आन्दोलनमा विताएको छु । जहाँ पनि गएको छु काम गरेर देखाएको छु । मैले पछिल्लो पटक रोजगारदाता परिषदको जिम्मेवारी पाएको थिए । त्यसमा पनि मैले देख्ने गरि काम गरेको छु । त्यसैले पहिलो आधार भनेको मैले काम गर्न सक्छु । 
दोस्रो आधार भनेको म मा अनुभवको कमि छैन । मैले दुई दशक यसमा दिईसकेको छु । तेस्रो आधार राज्यको अर्थतन्त्रको म एउटा गम्भिर स्टेक होल्डर पनि हुँ । आज पनि देशको प्रथम उद्योग लगाउँने परिवारबाट मैले सम्बन्ध राख्छु । अहिले पनि १७ हजार परिवारलाई रोजगार दिएर बसेको छु । विभिन्न ठाउँहरुमा हाम्रो विभिन्न किसिमको उद्योगहरु चलेका छन् । म अन्तराष्ट्रिय समन्वयन गर्न सक्ने क्षमता भएको मान्छे हुँ । 

उद्योग वाणिज्य महासंघको निर्वाचनका बेला विभिन्न समुह बन्छन् । यसमा राजनितिक गन्ध पनि देखिन्छ नि ?
यो आरोप हामीलाई लागेको छ । तर म के विश्वास दिलाउँन चहान्छु भने राजनितिलाई जसरी भएपनि उद्योग वाणिज्य महासंघ भन्दा बाहिर राख्नुपर्छ । मैले कुनै राजनितिक दलको ब्यानर बोकेको छैन । मलाई लाग्छ हाम्रो आउँने जुन साथीहरु हुनुहुन्छ उहाँहरुको कुनै राजनितिक दलसंग सम्बन्ध भएपनि यहाँ आईसकेपछि आफ्नो त्यो एफिलियसन विर्सनुपर्छ । उद्योग बाणिज्य क्षेत्रको कसरी विकास गर्ने,उनीहरुको समस्याको समाधान कसरी गर्ने,कसरी नयाँ सम्भावनाहरु पैदा गर्ने भन्ने एक मात्र एजेण्डा बोक्नुपर्छ । 

shekhar 1

नेपालमा लगानीकर्ताहरुले अहिले पनि ढुक्क साथ लगानी गर्न सकिरहेका छैनन् विदेशी लगानीकर्ताहरु पनि आउँन चाहे पनि पर्ख र हेरको अवस्थामा छन,तपाईले जितिसकेपछि लगानीमैत्री बाताबरण बनाउन कस्तो भुमिका खेल्नुहुन्छ ?
अहिले हाम्रो देशको छवि लगानी मैत्री छैन । विदेशी लगानी कर्ताले राजनितिक तरलता,भुकम्प,नाकाबन्दी जस्ता कुराहरुलाई प्रमुख रुपमा राख्ने गरेका छन् । यि कुराहरु विस्तारै सहज हुँदै गएको यहाँ बस्ने मानिसहरुलाई थाहा छ, तर पनि यि कुराहरुलाई हामीले कम्युनिकेट गर्न सकिरहेका छैनौ । यो गर्न सकियो भने मलाई लाग्छ विदेशी लगानी विस्तारै आउँनसक्छ । भर्खरै मात्र लगानी सम्मेलन सम्पन्न भएको छ त्यसमा पनि ठूला प्रतिबद्धताहरु आएका छन् । त्यो सम्मेलनले नेपालको एउटा छवि चेञ्ज गर्नको लागि केही न केही भए पनि काम गरेको छ । 

shekhar 2

मतदाताहरुलाई के सन्देश छ ?
आउँने दश बर्ष नेपालको लागि ऐतिहासिक छ । जुन हिसाबले हाम्रो अर्थतन्त्र बढिरहेको छ, जुन हिसाबले ग्रोथ रेटहरु आईरहेको छ, जुन हिसाबले हाम्रा चुनौतिहरु एकपछि अर्को गरी सिद्धिदै छन् । मलाई विश्वास छ कि आउँने दशबर्ष एउटा स्वर्णिम दश बर्ष हुँनेछ । तर यस्तो बेलामा एउटा सबल नेतृत्व चाहिन्छ । जसले दुःख बुझेको छ जसले आफ्नो कुरा शशक्त रुपमा सरकारलाई राख्नसक्छ । म सरकासंग सहकार्य गरेर अगाडी बढ्न चाहने ब्यक्ति हो । म सरकारको विपक्षमा रहेर अगाडी बढ्ने ब्यक्ति होईन । हामी एक सिक्काका दुई पाटा हौ । त्यसकारण हामी सरकासंग झगडा गरेर होईन कि सरकारलाई कन्भिन्स गरेर ,सरकारसंग सहकार्य गरेर अगाडी बढ्ने डिएनए बोकेको मान्छे हुँ । सरकार र निजी क्षेत्रको लक्ष्य एउटै छ । बीच बीचमा केही समस्या हुनसक्छ होला, तर लक्ष्य हामी एउटै बोक्छौ भने हामी सरकारसंग सहकार्य गरेर अगाडी बढ्नुपर्छ भन्ने मेरो सिद्धान्त रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री