शुक्रबार, ७ वैशाख २०८१

नचिनेका विदेशी नम्बरबाट आएको कल ब्याक नगरौँ : एनसेल

समयपोष्ट २०७३ चैत २५ गते ५:१३

गएको केहीदिनदेखि विदेशबाट विभिन्न नम्बरबाट मिस्डकल आउने र नेपालीहरुले त्यसमा कलब्याक गर्दा धेरै रुपैयाँ काटिने गरेको अवस्थाप्रति दुरसंचार सेवादप्रदायकहरुले ग्राहकहरुलाई सेचत रहन आग्रह गरेका छन् । 

Advertisement

गएको हप्तादेखि नै यस्ता नचिनेका नम्बरबाट अउने कल स्पाम,ब्लफ कल हुनसक्ने भन्दै नचिनेका नम्बरमा कलब्याक नर्गन एनसेलले सुचना जारी गरेको छ । 

+248, +92 लगायतका विभिन्न अन्तर्राष्ट्रिय नम्बरहरुबाट मिस्डकल गरी ग्राहकहरुलाई कल ब्याक गर्न उत्प्रेरीत गर्ने खालको गतिविधि भएको पाईएको र यस्ता फ्रड मिस्डकलमा कल ब्याक गर्दा उच्च शुल्क लाग्ने भएकोले यस्ता अन्तर्राष्ट्रिय नम्बरबाट मिस्डकल आएमा परिचित नम्बर हो कि होइन यकिन गरेरकल ब्याक गर्नेर/नगर्ने निर्णय लिन  एनसेलले अनुराेध गरेकाे छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री