मंगलबार, ११ वैशाख २०८१

नयाँ डिजाइनमा नेपाली बजार भित्रियो ग्यालेक्सी ए सेभेन

समयपोष्ट २०७३ चैत २३ गते ७:३७

सामसुङ नेपालले ग्यालेक्सी ए सेभेनलाई नयाँ डिजाइनमा नेपाली बजार भित्राएको छ ।  ५.७ इन्चको यो फोनलाई मेटल बडीसहित हार्मोनियस प्रिमियम डिजाइन दिइएको छ ।

Advertisement

प्रिमियम आल्मुनियम फ्रेम रहेको सो मोवाईलमा अगाडि र पछाडि दुवैतिर १६ मेगापिक्सलको क्यामेरा जडान गरिएको छ । पछाडि थ्री डी कर्भ्ड ग्लास प्रस्तुत गरिएको मोवाईलको मूल्य ५४ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

३६ सय एमएएच पावरको ब्याट्री रहेको मोवाईलमा थ्री जिबी र्याम तथा ३२ जिबी रोम रहेको छ । दुई रंगहरु ब्ल्याक स्काई र गोल्ड स्याण्डमा बजारमा उपलब्ध हुँने उक्त मोवाईल यान्टि वाटर र यान्टि डष्ट प्रुफ रहेको कम्पनीको दाबी छ ।

लन्च गरेको अवसरमा ३२ जिबी माइक्रो एसडी कार्ड र १० हजार ४०० एमएएच पावरब्याङ्क ग्राहकहरुलाई उपलब्ध गराउँने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री