बिहीबार, १५ चैत २०८०

मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो जाँदा मोटरसाईकलमा सवार एकको मृत्यु

समयपोष्ट २०७३ चैत २१ गते ९:२२

सोमबार मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोमा सवारी साधन पुरिदा एक  जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानका रेशराज राना रहेको प्रहरीले जनाएको छ । उनी छोरा सन्दिप रानासंगै ग१०ख ४८४४ नम्बरको मोटरसाइकलमा सवार थिए । 

Advertisement

पहिरोले सवारी साधन पुरिदा दुई जना घाइते भएका छन् । घाइते दुई जनाको उद्दार गरिएको छ । घाइते १५ बर्षीय सन्दिप राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार पहिरोमा ट्यांकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेका छन् ।  ठूला ठूला चट्टानसहितको पहिरो खसेर पुरिएको ना६ख ६६६४ को ट्रकलाई झिकिएको छ भने ना४ख ५४१९ नम्बरको ट्याङकर र रा१ख ७७९ नम्बरकाे मिनिट्रक पुरिएको स्थानबाट झिक्ने कोशिस भइरहेको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे  उद्दार टोली घटनास्थलमा खटिइरहेका छन् ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री