मंगलबार, ११ वैशाख २०८१

स्वदेशी लघुवित्तको आईपिओ कहिले देखि खुल्दैछ ?

समयपोष्ट २०७३ चैत २० गते ६:१८

स्वदेशी लघुवित्त वित्तीय संस्थाले चैत २५ गतेदेखि ३ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । 

Advertisement

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीले निष्काशन गर्न लागेको ३ लाख कित्ता साधारण सेयरमध्ये १२ हजार कित्ता कर्मचारी तथा १५ हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि सुरक्षित गरेको छ । कम्पनीले बाँकी रहेको दुई लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्टाएको हो । 

चैत २९ गतेसम्म आवेदन गर्न सकिने कम्पनीको आईपीओमा आस्वा सदस्यको अनुमति लिएका बैंक तथा वित्तिय संस्थाका कार्यालयहरु, एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखा कार्यालयहरु, र संस्थाको केन्द्रिय कार्यालय ईटहरीबाट साधारण सेयरमा आवेदन दिन सकिन्छ ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री