एनबीएलाई अर्थमन्त्री वाग्लेको आश्वासन: वित्तीय क्षेत्रको स्थिरता सरकारको प्राथमिकता

नेपाल बैंकर्स संघ (एनबीए) को कार्यकारी समितिका सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा एनबीए पदाधिकारीहरूले अर्थमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

भेटघाटमा एनबीएका अधिकारीहरूले बैंकिङ क्षेत्र सरकारसँग मिलेर अर्थतन्त्रलाई गतिशील बनाउन प्रतिबद्ध रहेको बताएका छन्। उनीहरूले बढीभन्दा बढी लगानी प्रवाह गरी आर्थिक विकासमा योगदान दिन बैंकिङ क्षेत्र तयार रहेको र वित्तीय मध्यस्थताको भूमिका सुदृढ पार्दै दिगो आर्थिक वृद्धि हासिल गर्न सक्रिय सहयोग गर्ने बताए।

Advertisement

अर्थमन्त्री डा. वाग्लेले बैंकिङ क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रूपमा स्वीकार गर्दै यसको स्थिरता र विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौती र बाधाहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री