एन आई सी एशिया बैंकद्धारा कैलालीस्थित सहारा घरलाई सहयोग सामग्री प्रदान

एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत बर्दगोरिया गाउँपालिका–२, कैलालीमा रहेको ‘असहायका लागि सहयोगी हातहरु नेपाल (सहारा घर)’ लाई डाइनिङ टेबल, बेन्च र स्वच्छ खानेपानीका लागि वाटर डिस्पेन्सर प्रदान गरेको छ ।

यो सहयोगले सहारा घरमा आश्रित बालबालिका, महिला, शारीरिक रूपमा विशेष क्षमता भएका व्यक्ति तथा पाका उमेरका ९७ जना व्यक्तिहरूको बसाइलाई थप सहज र स्वस्थ बनाउने अपेक्षा बैंकले गरेको छ ।

Advertisement

मिति २०८२ चैत्र २६ गते एक कार्यक्रमबीच बैंकका सर्कल हेड–धनगढी दिपक विष्टले सहारा घरका अध्यक्ष बलबहादुर विष्टलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।

सहारा घरले असहाय, परनिर्भर, बालबालिका तथा सहयोग आवश्यक पर्ने व्यक्तिहरूलाई खाना र बस्ने सुविधासहित आश्रय दिँदै आएको छ । बैंकले उपलब्ध गराएको यो सहयोगले उनीहरूको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ ।

यसअघि पनि एन आई सी एशिया बैंकले शान्ति सेवा गृह (तिलगंगा, काठमाडौं) मा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा विशेष क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । विगतका वर्षहरूमा पनि बैंकले जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा सातै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माण र पुस्तकालय स्थापना गरिसकेको छ ।

एन आई सी एशिया बैंकले शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री