को हुन्  राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त पण्डित ?

 नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई आगामी पाँच वर्षको कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो ।

Advertisement

नवनियुक्त डेपुटी गभर्नर राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशक हुन् । २०८६ सालमा राष्ट्र बैंकमा सेवा प्रवेश गरेको २० वर्षमै उनी डेपुटी गभर्नर बन्न सफल भएका हुन् । पण्डितले यसअघि राष्ट्र बैंकको प्रवक्ताको रूपमा समेत काम गरिसकेका छन् ।

पण्डित वित्तीय क्षेत्रको नियमनका लागि अब्बल मानिन्छन् । खासगरी स्वार्थ समूहको प्रभावलाई चिरेर ठूला निर्णय समेत गर्न पछि नपर्ने उम्मेदवारको रुपमा उनलाई हेरिन्छ । उनी नियमन विभागमा हुँदा ल्याएको चालु पुँजी कर्जासम्बन्धी निर्देशन व्यवसायीको उच्च बदाबबीच लागु भएको थियो । 

Advertisement

उनले यसअघि बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता र उपभोक्ता संरक्षण डिभिजनका साथै भुक्तानी प्रणाली विभागको प्रमुखको रुपमा काम गरिसकेका छन् । कार्यकारी निर्देशक बन्नुअघि उनी लामो समय नियमन विभागकै निर्देशकको रुपमा समेत काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री