शनिबार, ३ साउन २०८२

सेयर बजारमा गिरावट

समयपोष्ट २०८२ वैशाख ९ गते १५:३७


नेप्से परिसूचक ९.९६ अंक घटेर २६८८.३२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक घटेको छ।

आज ३१९ स्टकको ७१ हजार ६९४ पटकको कारोबारमा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँबराबरको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत घटेको छ।

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४४ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, हिमालयन पावर पार्टनरको करिब ४१ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे ३६ करोडको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री