राष्ट्र बैंकको सञ्चालकमा नियुक्त सुवोध कर्णले प्रधानन्यायशीशबाट लिए सपथ
समयपोष्ट
२०७५ वैशाख १७ गते ६:३०
नेपाल राष्ट्र बैंकको सञ्चालक पदमा नियुक्त भएका सुवोध कर्णले पद तथा गोपिनियताको सपथ लिएका छन् । उनलाई कायम मुकायम प्रधानन्यायधीश दीपकराज जोशीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ को उपदफा १ मा आफ्नो ओहदाको काम शुरु गर्नुभन्दा अगाडी गर्भनर तथा सञ्चालकले सर्वोच्च अदालतको प्रधान न्यायधिश वा नीजले तोकेको न्यायधिश मार्फत सपथ लिनुपर्ने प्रावधान छ ।
यस्तै डेपुटी गर्भनरले भने गर्भनर समक्ष सपथ लिनुपर्ने हुन्छ । विरगंजमा जन्मिएका कर्णले मोनाद विश्वविद्यालय डिल्लीबाट पिएचडी गरेका हुन् । उनी चार्टड एकाउन्टेन्ट पनि हुन । उनी चार्टड एकाउन्टेनहरुको संघ आइक्यानका उपाध्यक्ष र अध्यक्ष समेत भइसकेका छन् ।
प्रतिक्रिया