आइतबार, ८ असार २०८२

प्रधानमन्त्री ओलीले भने-भारतले जमिनमा मात्र होईन आकाशमा समेत कञ्जुस्याइँ गर्यो

समयपोष्ट २०७५ वैशाख १६ गते ७:३९

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि र पर्यटनबाट प्रदेश नम्बर ५ समुद्ध बनाउन सकिने बताएका छन् । आईतबार प्रदेश नम्बर ५ को बिशेष बैठकलाई सम्बेधन गर्दै प्रधानमन्त्री ओलीले नारायणीदेखि कर्णालीसम्म र सुस्तादेखि राजापुरसम्मका भूभागले विकास तथा समृद्धिको संकेत गरेको बताए ।

Advertisement

उनले प्रदेश नम्बर ५ दुनियाँ अन्धकार हुँदा ज्ञानको ज्योति छर्ने बुद्ध जन्मस्थल रहेकाले यस क्षेत्रलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताए ।

प्रदेशसभालाई पहिलो पटक सम्बोधन गरेका उनले भैरहवामा निर्माणधिन विमानस्थल सम्पन्न भएपछि विकासलाई थप टेवा पुग्ने बताए ।

उनले भैरहवा विमानस्थलमा आउने जहाजका लागि एयर रूटका दिन भारतसँग कुराकानी भइरहेको समेत जानकारी दिए । उनले भने,‘भारतले एउटा मात्र एयर रूट दिएकाले हामीलाई अप्ठेरो छ, फेरि वीरगञ्जबाट सिमरा हुँदै यता आउने तरिका उपयुक्त होइन्, दिल्लीबाट सिधै यता आउन किन नमिल्ने?,’ ओलीले भने, ‘मैले यो विषयमा भारत भ्रमणका क्रममा कुरा गरेको छु।’

ओलीले भने, ‘आकाशबाट एउटामात्रै बाटो दिएको हुनाले हामीलाई अप्ठ्यारो छ, किनभने भारतले एउटामात्रै बाटोबाट हामीलाई पस्न दिन्छ । जमिनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिराख्नुपर्ने कुनै आवश्यकता होइन । हामी यो रुट लिन्छौं, विमानस्थल चल्छ ।’

Advertisement

ओलीले संघियता हजारौं बर्षदेखिको संघर्षको परिणाम भएको उल्लेख गरे । उनले संघीयताले अधिकार,अवसर र सुरक्षा सम्मान,सामाजिक न्याय ल्याएको पनि बताए ।

‘प्रादेशिक संरचना, प्रदेशसभा सरकार सबैलाई बधाई दिन चाहन्छु ’, उनले भने, ‘आज पहिलोपटक म यहाँहरुको यस प्रदेशसभाको सम्बोधनका लागि सांसदको सफलताका निम्ति, सभामुख महोदयको सफलताका निम्ति हार्दिक शूभकामना व्यक्त गर्दछु ।’

‘पहिला केन्द्रमा सरकारमा हुन्थ्यो, अब प्रदेशमा पनि सरकार हुन्छ । यस प्रदेशसभामा आज उपस्थित भएको छु । यो आधा दशकको उपलब्धी हो’, उनले सम्बोधनका क्रममा भने ।

आधा दशक भन्दा बढि नेपाली जनता कठिनाइपूर्ण संघर्ष पार गरेर आजको अधिकार सम्पन्न घडीमा आइपुगेको पनि ओलीले बताए ।

१ बजेर ४० मिनेटमा सम्वोधन गर्न शुरु गरेको ओलीले ११ बजेर ४४ मिनेट सम्म भाषण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री