शुक्रबार, ७ वैशाख २०८१

ठाकुरराम क्याम्पसमा लगाइएको ताला ११ दिनपछि खुल्यो

समयपोष्ट २०८० वैशाख १५ गते १०:३१

Advertisement

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी ११ दिनपछि खोलिएको छ ।

बिहीबार भएको छलफलमा ताला खोल्ने र पठनपाठन सञ्चालन गर्ने सहमति भएको हो । आज बिहानदेखि पठनपाठन थालिएको निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमणले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने र परीक्षा केन्द्र वीरगन्जमै कायम गर्नुपर्ने माग गर्दै विभिन्न विद्यार्थी सङ्गठनले यही वैशाख ४ गते क्याम्पसमा तालाबन्दी गरेका थिए भने त्रिवि कर्मचारी सङ्घले पठनपाठन सञ्चालन गर्नुपर्ने माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण विगत दुई सातादेखि क्याम्पसको पठनपाठन प्रभावित हुँदै आएको थियो । विद्यार्थी सङ्गठनले उठाएका माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा पत्र पठाएर पहल गर्ने सहमति भएसँगै ताला खोलिएको क्याम्पस प्रमुख रमणले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री