बुधबार, १२ वैशाख २०८१

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ औं वार्षिकउत्सव मनाउँदै

समयपोष्ट २०८० वैशाख ६ गते २०:३१

Advertisement

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले यही बैशाख ११ गर्ते आफ्नो ११ औं वार्षिकउत्सव मनाउन लागेको छ ।

नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको यस केन्द्रले स्थापनाको छोटो अवधिमा अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलव्धी हाँसील गरेको छ । अंगदान तथा प्रत्यारोपण कानून परिमार्जन तथा संसारको सबै भन्दा धेरै प्रत्यारोपण गर्ने मध्ये एकको स्थानमा रहन र ९९ प्रतिसत भन्दा वढी सफलताका साथ मृगौला प्रत्यारोपण गर्न सक्ने श्रय यसले बनाएको छ ।

हालसम्म यस केन्द्रले १०४६ जनाको मृगौला प्रत्यारोपण र १० जनाको कलेजो प्रत्यारोपण गरी सकेको छ । देशमा पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार, देश भरी डायलाइसिस विस्तार र प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य गरेको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा र कर्णाली प्रदेश अन्र्तगतको सुर्खेत प्रदेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने प्रत्यारोपण सेवालाई क्रमश सेती अस्पताल, कैलाली, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा प्रत्यारोपण सेवा विस्तार गर्ने समझ्दारी गरी प्रत्यारोपण कार्यको तयारी भैरहेको केन्द्रका कार्यकारी निर्देशक तथा मृगौला प्रत्यारोपणविद् डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

केन्द्रले करिव २०० जना स्टाफ नर्स तथा प्राविधिकलाई तालिम दिई डायलाइसिस सेवा देशभरी फिजाइ रहेको छ भने बिभिन्न सरकारी अस्पताल तथा निजी अस्पतालमा भएका मृगौला प्रत्यारोपण कार्य यही केन्द्रवाट तालिम प्राप्त जनशक्तीबाट भएको छ ।

डा. पुकारको पुन नियुक्ती पश्चात केन्द्रका गतीविधि झनै तीव्र

डेड बर्ष अगाडी डा पुकारचन्द्र श्रेष्ठको पुन नियुक्ती पछाडी केन्द्रका गतीविधिले झनै गती पाएको छ । डा पुकारको पछिल्लो डेड बर्षको कार्यकालमा २८६ जनाको मृगौला प्रत्यारोपण भएको छ भने ४ जनाको कलेजो प्रत्यारोपण र उपत्यका बाहिर पोखरा र सुर्खेतमा मृगौला प्रत्यारोपणा कार्य भैसकेको र क्रमश धनगढी, हेटौडा र कोशी अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने योजनाका साथ तयारी डा पुकारको यसै कार्यकालमा भैरहेको छ ।

मुलुक भरी मात्र हैन विदेशवाट समेत प्रत्यारोपण गर्न आउने यस केन्द्रमा स्थान अभावको कारण जती यसले सेवा प्रवाह गर्नु पर्ने हो त्यसो गर्न सकेको छैन । नेपाल सरकारको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रत्यारोपण सम्बन्धी उच्च स्तरीय दक्ष जनशक्ती उत्पादन गर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानको रुपमा विकास गर्ने र आवश्यक जनशक्ती उत्पादन गरी प्रत्यारोपण सेवासातै प्रदेशमा विस्तार गर्ने योजनालाई कार्यन्वयन गर्ने जिम्मेवारी समेत डा. पुकारको काँधमा छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवद्धय डा. रोशन पोख्रेल र देवकुमारी गुरागाईँको सक्रियतामा सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार हुँदै गएको हुँदा अंग फेल भई मरणसन्य अवस्थामा पुगेका नेपाली दाजुभाई तथा दिदि बहिनी लाभान्वीत भएका छन ।

डा. पुकार चन्द्र श्रेष्ठको पछिल्लो कार्यकालमा प्रत्यारोपण सम्बन्धी अन्र्तराष्ट्रिय स्तरको सम्मेलन देखी देशका विभिन्न स्थानमा अन्र्तक्रिया कार्यक्रम, गोष्ठी, निशुल्क स्वास्थ्य सिविर तथ अंगदान सिविरहरु नियमित रुपमा भै रहेको र झन्डै २५ वटा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको सम्पुर्ण मन्त्री मण्डलले उहाँको पहलमा मस्तिष्क मृत्यु पश्चात अंगदान गर्ने घोषणा गर्नु भएको थियो ।

अब केन्द्रलाई आफ्नो छुट्टै भवन विस्तार गरी अझ धेरै नेपाली दाजुभाई, दिदिबहिनीहरुको सहज पहुँचमा सेवा गर्न तयारी भैरहेको छ । यस केन्द्रलाई अन्तराष्ट्रिय संघ संस्थाहरुसँग आवद्ध गराई विभिन्न खालको शैक्षिक गतिविधि, जनसक्तीको तालिम तथा प्रविधि हस्तान्तरण गर्ने कार्यहरु भै रहेको छ । केन्द्रवाट १० बटा शोधपत्र तयार गरी प्रकासन समेत भै सकेको र करिव १० बटा प्रकासन गर्ने तयारी भैरहेको छ ।

केन्द्रको डायलाइसिस सेवा ३५ बटा मेसिनबाट बृद्धी गरी ७२ वटा मेसिनवाट सेवा दिइ रहेको अवस्था छ र यसलाई अझ ३० वटा मेसिन थप गरी १०० भन्दा बढी मेसिनको डायलाइसिस केन्द्र बनाउने योजना रहेको छ ।

प्रत्यारोपण सेवालाई विस्तार गरी नेपाली दाजुभाई दिदिवहिनीको सहज पहुँचमा पुर्याउने र हेमोडायलाइसिस सेवा भन्दा प्रत्यारोपण सेवा धेरै उपयोगी हुने यथार्थलाई ध्यानमा राखी अंगदान कार्यलाई अझ व्यापक प्रचार प्रशार गर्न र प्रत्यारोपणलाई सहज बनाउने कार्यमा केन्द्र लागि परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री