बैशाख ९ गते पार्टी एकता सम्भव छैन : नेता सापकोटा
समयपोष्ट
२०७५ वैशाख ६ गते ८:५६
नेकपा माओवादी केन्द्रका नेता अग्नी सापकोटाले बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने सम्भावना नरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले केही विषय छलफलमा रहेकाले पार्टी एकतामा केही ढिलाई हुने देखिएको स्पष्ट पारे ।
उनले दुई पार्टीबीचको एकता सम्मानजनक हुनुपर्ने पक्षमा आफूहरु रहेको बताए । उनले आम नेतादेखि कार्यकर्तासम्म तथा समर्थकदेखि शुभेच्छुकसम्मलाई गौरवबोध हुनेगरी पार्टी एकता हुनुपर्ने तर्क गरे ।
नेता सापकोटाले जनयुद्ध र पार्टी एकताको मोडालिटी लगायतका विषयलाई टुंगो लगाउन २ पार्टीका नेतृत्वबीच छलफल भइरहेको पनि जानकारी दिए ।
प्रतिक्रिया