शुक्रबार, १६ चैत २०८०

शेयर बजार १७.४२ अंकले बढेर १२९७.५७ अंकमा उक्लियो

समयपोष्ट २०७५ वैशाख ३ गते १०:१८

शेयर बजार मापक सूचक १७.४२ अंकले बढेर १२९७.५७ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२८ अंकले बढेर २७६.२६ अंकमा बन्द भएको छ।

Advertisement

सोमबार १६७ कम्पनीका ११ लाख ७८ हजार कित्ता शेयर ५७ करोड ६८ लाख रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनीको दुई करोड ८१ लाख रुपैयाँको कारोबार भयो।

उपसूचकमा अन्य बाहेक सबै बढेका छन्। अन्य १.२१ अंकले घटेको छ। बैंक ४.२८, होटल ५२.१६, विकास बैंक १६.७५, जलाबिद्युत १२.२३, फाइनान्स १४.६७, बीमा २९३.२४, उत्पादनमुलक ११.२४ र लघुवित्त ७२.११ अंकले बढेका छन्।

सोमबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका शेयर धनीले १० प्रतिशत कमाए। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरधनीले करिब १० प्रतिशत गुमाए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री