मंगलबार, ११ वैशाख २०८१

प्रहरी महानिरीक्षक खनालले दिए अपराधीलाई कानूनी दायरामा ल्याउन यस्तो निर्देशन

समयपोष्ट २०७५ वैशाख २ गते १३:३६

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी र लागुऔषध कारोवारमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।

Advertisement

महानिरीक्षक खनालले आज उपत्यकास्थित प्रहरी कार्यालयमा कार्यरत अधिकृत तथा जवानलाई सम्बोधन गर्दै अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी कर्मचारी निर्भिक र निडर भई निष्ठाका साथ काम गर्नुपर्ने बताउनुभयो ।

“राष्ट्र र नागरिकको अपेक्षाअनुरुप आफ्नो व्यावसायिक ज्ञान, सीप र दक्षताको उच्च प्रयोग गर्दै पूर्ण इमानदारिताका साथ काम गरी उत्कृष्ठ कार्य सम्पादन गर्नुपर्छ,”– उहाँले भन्नुभयो । उहाँले संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पका साथ पूरा गर्न उपलब्ध स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उच्च मनोबलसहित अगाडि बढ्न आग्रह गर्नुभयो । नयाँ वर्ष नयाँ जोश र उमङ्गकासाथ काम गरी तत्काल नतिजा निकाल्नुपर्ने उहाँको भनाइ थियो ।

महानिरीक्षक खनालले महिला तथा बालबालिकासम्बन्धी हुने अपराधका विषयमा थप संवेदनशील भएर अनुसन्धान गरी अपराध नियन्त्रणमा जोड दिनुपर्ने बताउँदै भन्नुभयो, “असहाय पीडितको गुनासोप्रति चासो दिनुपर्छ, घटनाप्रति मुकदर्शक हुन हुँदैन, र दोषीलाई तत्काल कारबाही गरी कानूनको दायरामा ल्याउनुपर्छ ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री