शुक्रबार, २१ असोज २०७९

हिमालयन बैंक र ईन्टरनेशनल फाइनान्स कर्पोरेशनबीच लगानी सम्झौता

समयपोष्ट २०७५ वैशाख २ गते १२:५०

हिमालयन बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसि) बीच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता भएको छ ।

Advertisement

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोकशम्शेर राणा र आइएफसिका तर्फबाट आवाशिय प्रतिनिधि एमरेहान रशिदले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार आइएफसिले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, संचालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य हो ।

हिमालयन बैंकले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रयोग गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री