शनिबार, ८ वैशाख २०८१

‘भन्नलाई भिआइपी बस्ने एरिया रे !’

समयपोष्ट २०७४ चैत ३० गते ०:४६

‘भन्नलाई भिआइपी बस्ने एरिया रे सार्वजनिक यातायातको हालत भने यस्तो छ । साझा बस पनि जम्मा दुइृ वटा चलेको छ, कति बेला आउँछ भन्ने पनि थाहा छैन ।’

आजको नागरिक दैनिकमा खबर छ,
मंगलबार बेलुका रत्नपार्क-जावलाखेल-भैंसेपाटी-चुनिखेल रुटको बसका दुई यात्रुले गरेको कुराकानी हो यो ।

Advertisement

दुई दर्जन यात्रु क्षमता भएको मिनी बसमा कोचिएर यात्रा गर्दाको सास्तीबरे यात्रुले कुरा गरिरँदा सहचालक भने यात्रुलाई बसभित्र कोच्दै थिए ।

‘मिलेर बस्नुस्, यता घुम्नुस्, उता घुम्नुस्’ सहचालक यात्रुलाई भन्दै थिए । बसभित्र कोचिएर बसेका यात्रुहरु सहचालकको जबरजस्तीले सरिरहेका थिए ।

भैँसेपाटी सुविधासम्पन्न ठाउँका रुपमा परिचित छ । यो क्षेत्रमा नाम चलेका कलाकार, पत्रकार, नेता, पूर्वमन्त्री, राजदूत र उच्चपदस्थ व्यक्तिको बसोबास छ ।

त्यसैले यो ‘भिआइपी क्षेत्र’को रुपमा चिनिन्छ । तर, यो क्षेत्रमा सार्वजनिक सवारी व्यवस्थित छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री