बुधबार, १२ वैशाख २०८१

एडिबीका उपाध्यक्ष झाङले प्रधानमन्त्री ओलीसँग भने-सहयोग जारी रहन्छ

समयपोष्ट २०७४ चैत २९ गते १६:२७

प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली विकास बैंकका उपाध्यक्ष वेन्चाइ झाङले भेट गर्नुभएको छ ।

Advertisement

दुईदिने नेपाल भ्रमणका आउनुभएका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भेट गर्नुभएको हो ।

उपाध्यक्ष झाङले अहिले नेपाल संघीय संरचनामा प्रवेश गरेको र संघीय संरचना विकासको संक्रमणकालीन अवस्थामा रहेकाले यस अवस्थालाई सफलतापूर्वक अगाडि डोहो¥याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त अवसरमा झाङले सरकारका मुख्य प्राथमिकताका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अर्थमन्त्री डा युवराज खतिवडा र अर्थसचिव राजन खनालसँग भेटका क्रममा एडिबीले नेपालको विकासका लागि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री