शनिबार, ३१ जेठ २०८२

अर्चना पनेरुका श्रीमान बाल यौन दुराचारी, रहस्य यसरी खुल्यो

समयपोष्ट २०७४ चैत २९ गते १०:५४

पोर्न स्टार बन्ने आकाङ्क्षा पालेकी अर्चना पनेरुसँग विवाह गरेको भन्दै चर्चा कमाएका अमेरिकी नागरिक वुल्फ प्राइस बाल यौन दुराचारी रहेको खुलेको छ ।
प्रहरीले वुल्फ बस्ने घरमा दुई जना बालबालिका फेला परेको जनाएको छ । यससंगै प्रहरीले वुल्फले तनहुँको आबुखैरेनीमा समेत अवैध रूपमा बालबालिका राखेको बारे अनुसन्धान थालेको जनाएको छ ।

Advertisement

प्राइस बस्दै आएको बलम्बुस्थित एक घरमा फेला परेका १२ वर्षीय दुईजना बालकहरूलाई तीनथानस्थित बाल हेल्पलाइनले काउन्सेलिङ गरिरहेको छ ।

वुल्फ प्राइसबारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतका अनुसार उनी बस्ने घरमा दैनिक बालबालिका र युवतीहरूको आवतजावत भइरहन्थ्यो ।

यसअघि वुल्फलाई चैत २३ गते महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले गाँजासहित फेला पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री