बुधबार, १२ वैशाख २०८१

मेलम्चीदेखि काठमाडौसम्मको सुरुङमार्ग पूरा, सुरुङभित्रैबाट यसरी भयो सिन्धु–ग्याल्थुङ खण्डको ब्रेक थ्रु

समयपोष्ट २०७४ चैत २९ गते ९:३५

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सिन्धु–ग्याल्थुङ खण्डको ७.५ किलोमिटर ब्रेक थ्रु भएको छ । बिहीबार सुरुङमार्गभित्रै पुगेर उपराष्ट्रपति नन्दबहादुर पुन र खानेपानी मन्त्री विना मगरले सो सुरुङ खण्डको उद्घाटन गरे ।

Advertisement

मेलम्ची खानेपानी आयोजना अन्तर्गत सिन्धु–ग्याल्थुम खण्डको ब्रेक थु्र भएसँगै मेलम्चीदेखि काठमाडौसम्मको सुरुङमार्ग पूरा भएको छ । २६ किलोमिटर दूरीमा रहेको सिन्धु–ग्याल्थुङ सुरुङ मार्ग निर्माणका लागि एडिबीको ८० प्रतिशत लगानी रहेको छ भने नेपाल सरकारको २० प्रशितत लगानी रहेको छ । यो सुरुङबाट दैनिक १७ करोड लिटर पानी बग्छ ।

यसको निर्माणका लागि २ सय ८७.४ मिलियन डलर, नेपाली २७ अर्ब ७६ करोड लागत लागेको बताइएको छ । अहिले भने हेडवर्कको भेणसाप तथा सुरुङको फाइनल फिनिसिङ गर्ने काम भएको कम्पनीले जनाएको छ । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव कृष्णराज विसी, मेलम्ची खानेपानी विकासका कार्यकारी निर्देक रामचन्द्र देवकोटा, एबिडीका प्रतिनिधि र निर्माण कम्पनी सिएमसीका प्रतिनिधि लगायत उपस्थित रहेका थिए ।

उद्घाटन कार्यक्रममा नेपाल र इटलीको झण्डा फहराइएको थियो । निर्माण कम्पनी सिएमसी इटालियन कम्पनी भएकोले नेपालको झण्डासँगै इटलीको झण्डा राखिएको आयोजक पक्षले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री