बिहीबार, १३ वैशाख २०८१

सरकारको खर्च : चियापान र भोजमा मात्रै ६ अर्ब चट्

समयपोष्ट २०७४ चैत २९ गते ७:२९

महालेखा परिक्षकको तथ्यांक अनुसार सरकारले चियापान र भोजमा मात्रै ६ अर्ब रुपैयाँ भन्दा बढी रकम खर्च गरेको खुल्न आएको छ ।

Advertisement

खर्च रकम वर्गीकरण र व्याख्या अनुसार विविध खर्चबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कार लगायतमा खर्च गर्नुपर्ने व्यवस्था छ ।

जसअनुसार यस्ता खर्चका लागि १ अर्ब १६ करोड ५० लाख बजेट विनियोजन गरेकोमा बिनियोजित रकमभन्दा ५९६ प्रतिशतले खर्च बृद्धि भएको महालेखा परिक्षकको तथ्यांकले देखाएको छ । विविध शीर्षक अन्र्तगतको यस्ता खर्चलाई अनुत्पादक मानिदै आएको छ । तर यही अनुत्पादक खर्च सरकारले भारी मात्रामा बृद्धि गराएको छ । खर्च बढेर ६ अर्ब ९४ करोड ४१ लाख पुगेको छ ।

यसप्रकारको अनुत्पादक खर्च नियन्त्रण गर्नुको साटो थप रकमान्तर गरेर खर्च बढाएको महालेखा परीक्षकको आरोप छ । यो खर्च २०७३/०७४ को हो ।

यस्तै कूल बजेट १० खर्ब ४८ अर्ब रुपैयाँमध्ये २०७४ आसाढ २५ गते पछि २४ अर्ब २७ करोड रुपैयाँ रकमान्तर गरी बिभिन्न शीर्षक उपशीर्षकमा थप गरेको छ ।

यसरी कूल बजेटको २.३२ प्रतिशत आषाढको अन्तीम हप्तामा रकमान्तर गरेको देखिन्छ । बर्षान्तमा रकमान्तर गर्ने कार्यमा नियन्त्रण हुनुपर्ने महालेखा परीक्षकको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री