मंगलबार, ३ असार २०८२

अस्पताको अर्बौं मूल्यको जग्गा नै गायब

समयपोष्ट २०७४ चैत २९ गते १:२४

स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ ।
आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ,विस्तारित सेवा दिने परियोजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतक पूर्वाधार निर्माण गर्दा ५० रोपनी जग्गा हराएको तथ्य खुलेको हो ।

Advertisement

१५ सय शय्याको अस्पतालसहित चारवटा मेडिकल कलेज एकै ठाउँमा सञ्चालन गर्ने महत्त्वकांक्षी लक्ष्यसाथ निर्माण सुरु हुने भनिएको सो क्षेत्रमा प्रतिष्ठानले भोगचलनका लागि नापी गर्ने क्रममा लालपुर्जामा भएभन्दा फिल्डमा ५० रोपनी कम देखिएपछि सो जग्गा कसले भोगचलन गरिरहेको छभन्ने बहस सुरु भएको छ ।

अर्बौं रुपैयाँ पर्ने सो जग्गामा चीन सरकाले भौतिक पूर्वाधार निर्माणमा चासो देखाएपछि प्रतिष्ठानले जग्गा नापजाँच गरेको हो ।

नापजाँचका क्रममा ५० रोपनी जग्गा नै नभेटिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री