मंगलबार, ११ असोज २०७९

सैन्य विमान दुर्घटना, सयभन्दा बढीको मृत्यु भएको आशंका

समयपोष्ट २०७४ चैत २८ गते ९:५९

अल्जेरियामा सैन्य विमान दुर्घटना भएको छ । दुर्घटनामा सयौँको संख्यामा मृत्यु भएको आशंका गरिएको छ । राजधानी अलजायर्सबाट करिब २० माइल टाढा रहेको बोफारिक एयरबेसमा विमान उडान भर्ने बित्तिकै दुर्घटनामा परेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

Advertisement

मिडिया रिपोर्टका अनुसार सोभियतद्वारा डिजाइन इल्युसिन आइएल–७६ विमान दक्षिण अल्जेरियामा रहेको बेचारतर्फ जाँदै थियो ।

हाल दुर्घटना स्थलमा उद्दारकार्य जारी छ । टेलिभिजन फुटेजमा दूर्घटनास्थलमा धुँवाको मुस्लो र उद्दारमा खटिएका राहतकर्ता र सुरक्षाकर्मीहरु देखिएका छन् ।

विमानमा २ सय जनाभन्दा बढी सवार भएको जनाईएको छ । थप विवरण आउन बाँकी रहेको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री