शुक्रबार, १६ चैत २०८०

एमाले प्रदेश ४ संसदीय दलको उपनेतामा गुरुङ चयन

समयपोष्ट २०७४ चैत २८ गते ५:०७

नेकपा एमाले प्रदेश नम्बर ४ संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् । बुधवार विहान पोखरामा बसेको संसदीय दलको बैठकले गुरुङलाई उपनेतामा चयन गरेको हो ।

Advertisement

पार्टीको प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री समेत हुन् । उनी यसअघि केन्द्र सरकारको वनमन्त्री भइसकेका छन् ।

यसैगरी बैठकले प्रमुख सचेतकमा लम्जुङबाट निर्वाचित प्रदेशसभा सदस्य मायानाथ अधिकारीलाई चयन गरेको छ । उनी एमाले केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री