बिहीबार, १३ वैशाख २०८१

सेयर बजार ६.८७ अंकले घट्यो

समयपोष्ट २०७४ चैत २६ गते ९:२९

सोमबार सेयर बजारमा १ सय ६९ कम्पनीको २६ लाख कित्ता सेयर ९४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी बैंक अफ काठमाण्डूको संस्थापक सेयर किनबेच भएको छ ।

Advertisement

आज नेप्से परिसुचक ६.८७ अंकले घटेर १२८७.७८ अंकमा झरेको छ ।

आज अन्य समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह ५.७३,होटल समुह ३६.७४,विकास बैंक १८.६४,जलविद्युत २८.५८,फाईनान्स ०.६९,बिमा २९.९३,उत्पादनमुलक २१.१५,लघुबित्त समुह ६.१७ अंकले घटेको छ ।

आज अन्य समुह उपसुचक २.९१ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री