मंगलबार, ११ असोज २०७९

प्रधानमन्त्री ओलीलाई भारतले दियो पीएचडीको मानार्थ उपाधि

समयपोष्ट २०७४ चैत २५ गते ९:५८

प्रधानमन्त्री केपी ओलीलाई भारत सरकारले विद्यावारिधिको उपाधि प्रदान गरेको छ । भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले ओलीलाई विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको हो ।

Advertisement

प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले डक्टर अफ साइन्सको मानार्थ उपाधि प्रदान गरे । त्यसैगरी, आइतबारै स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले उत्तराखण्डस्थित कृषि परियोजना निर्माणको निरीक्षण समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल–भारतबीच शनिबार नै १२ वुँदे संयुक्त वक्तव्य जारी भएको छ । संयुक्त वक्तव्यमा दुई मुलुकबीच बहुआयमिक सम्वन्धहरुमाथि बृहत समिक्षा तथा दुवै सरकार, निजी क्षेत्र र जनस्तरमा बढ्दो साझेदारीको स्वागत गर्दै समानता आपसी विश्वास, समान र लाभका आधारमा दुई पक्षीय सम्वन्धलाई नयाँ उचाईमा पुर्याउँन मिलेर काम गर्ने उल्लेख गरिएको छ ।

यस्तै भ्रमणका क्रममा वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकीको प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले मोतिहारी–अमलेखगञ्जको अन्तरदेशीय पेट्रोलियम पाईपलाईनको पनि शिलान्यास गरेका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदी, राष्ट्रपति रामनाथ कोविन्द, पूर्व प्रधानमन्त्री मनोमहन सिंह, भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी, गृहमन्त्री राजनाथ सिंहलगायतका राजनीतिक नेता तथा उच्च पदस्थ व्यक्तिहरुसँग भेटबार्ता गरेका थिए ।
ओली नयाँ दिल्ली पुग्दा भारतको इन्दिरा गान्धि अन्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली तीन दिने राजकीय भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्कदैछन् । नेपाल बायुसेवा निगमको विमानबाट प्रधानमन्त्री साँझ सात बजे स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार नयाँ दिल्ली गएका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री