शुक्रबार, २१ असोज २०७९

शिक्षामन्त्रीले सातै प्रदेशका मन्त्रीसंग यि विषयमा भोलि छलफल गर्ने

समयपोष्ट २०७४ चैत २४ गते १५:२०

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनाअनुसार शिक्षा क्षेत्रमा सुधार र समन्वयबारे सातै प्रदेशका सामाजिक मामिला मन्त्रीहरुसँग आइतबार बैठक आयोजना गर्नुहुने भएको छ ।

Advertisement

संघीय सरकार र प्रदेश सरकारका विषयगत मन्त्रीबीच औपचारिक छलफल हुन लागेको यो पहिलो पटक हो । मन्त्री पोखरेलका प्रेस संयोजक सुनील खड्काका अनुसार सो बैठक सिंहदरबारस्थित मन्त्रालयमा हुनेछ ।

उहाँहरुबीच सार्वजनिक शिक्षाको सुधार, नयाँ कानुन, आउँदो विद्यालय स्वागत तथा विद्यार्थी भर्ना अभियानलगायत विषयमा छलफल हुनेछ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री