शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता,यस्तो भयो कुराकानी

समयपोष्ट २०७४ चैत २३ गते १५:५५

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा बेग्लाबेग्लै भेटवार्ता भएको छ ।

Advertisement

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो ।

भ्रमणको कार्यसूचीअनुसार शनिबार अपराह्न उहाँहरुबीच द्विपक्षीय वार्ता हुने कार्यसूची छ ।

५४ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार विहान नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

उहाँलाई इन्धिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री