मंगलबार, ४ वैशाख २०८१

सांसद रेशमलाल चौधरीको सपथ कहिले ?

समयपोष्ट २०७४ चैत २३ गते १३:१४

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशमलाल चौधरीलाई सपथ खुवाउन दवाव दिएको छ ।

Advertisement

टीकापुर घटनाका राजबन्दी पीडित परिवार संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद चौधरीलाई सपथ खुवाउन तत्काल व्यवस्था गर्न सरकारलाई दवाव दिएको हो ।

कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभामा निर्वाचित चौधरीलाई सपथ खुवाउने व्यवस्था गर्न राष्ट्रिय जनता पार्टी, नेपालले पनि पटक–पटक दवाव दिँदै आएको छ ।

त्यस्तै टिकापुर घटनामा आरोपित तथा झुटा मुद्दा लगाइएका २६ जना राजबन्दीहरुलाई क्षतिपूर्तिसहित तत्काल रिहाई गर्न पनि माग गरिएको छ ।

संघले टिकापुर घटनाको शिलशिलामा पक्राउ गरी बाल सुधार गृह पोखरामा राखिएका नाबालकहरु श्रवण चौंधरी र करण चौंधरीलाई तत्काल धनगढी बाल सुधार गृहमा सार्न पनि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री