पार्टीलाई नयाँ सोचमा लानुपर्छ– खाँण
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पार्टीलाई नयाँ सोचका साथ सुधार्दै लैजानुपर्ने बताउनुभएको छ ।
नेपाल खाद्य संस्थान कर्मचारी युनियनको ११ औँ केन्द्रीय अधिवेशनमा नेता खाँणले २००३ सालको विराटनगरको जुटमिलमा भएको पहिलो आन्दोलनले मजदुरका अधिकारलाई स्थापित गरेको बताउँदै सो आन्दोलनको बलबाट २००७ सालको रानजीति परिवर्तन सम्भव भएको जानकारी उल्लेख गर्नुभयो ।
उहाँले कांग्रेसले माओवादी शान्तिवार्ता, द्वन्द्व व्यवस्थापन, संविधानसभा निर्वाचन, मधेश मुद्दाको समाधान र स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनमा नेतृत्वादायी भूमिका निर्वाह गरेको जनाउनुभयो ।
अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले अरुले बिगारेको विषय कांग्रेसले सुधार गर्दै अघि बढेमा लोकतन्त्रको संस्थागत विकासमा थप बल पुग्ने बताउनुभयो ।
अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।
रासस
सम्बन्धित सामाग्री
समयबोध मिडियाद्वारा प्रकाशित
सम्पादकलेखनाथ न्यौपाने
सम्पादन संयोजन
प्रमिला बानियाँ
उप-सम्पादक
अशोक खनाल
रोशन अधिकारी (अमेरिका)
रमेश पोखरेल
बजार प्रतिनिधी
दीपक खनाल
प्रतिक्रिया