शुक्रबार, १४ वैशाख २०८१

जनता बैंक ९ औं वर्षमा प्रवेश

समयपोष्ट २०७४ चैत २३ गते १०:४२

जनता बैंक नेपाल लिमिटेड ८ वर्ष पुरा गरि ९ औं वर्ष प्रवेश गरेको छ । नवौं बर्ष प्रबेशको अवसरमा समाजप्रतिको दायित्व पुरा गर्न बैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

Advertisement

बैंकले उक्त अवसरमा निःशुल्क स्वास्थ्य सिविर, रक्तदान, छात्रवृत्ति लगायत कार्यक्रम गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’अभियान सञ्चालन गरि नारीहरुको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्ने निर्णय गरेको बताएको छ ।

सो अन्तर्गत शुक्रबार माचौतारा शाखा, सिन्धुपाल्चोकमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरि ५ सय बढी महिलाहरुलालाई स्त्री तथा प्रसुति रोग सम्बन्धि परिक्षणमा सहभागी गराएको बताइएको छ । साथै बैंकले नयाँबानेश्वर, धनगढी लगायतमा समेत परिक्षण शिविर सञ्चालनमा ल्याएको छ ।

बैंकले रक्तदान कार्यक्रम हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको छ । शुक्रबार पनि बैंकको नयाँबानेश्वर, बिराटनगर, हेटौडा, नारायणघाट लगायतका शाखामा सो रक्तदान गरिएको बताएको छ ।

त्यस्तै बैंकले वार्षिकोत्सवकै अवसरमा नागरिक समाज प्रतिष्ठानदमकको जेष्ठनागरिक आवासमा भान्साकोठा सुधारको लागि रु. २५ हजार नगद र समाजकल्याण आँचल अनाथालय महेन्द्रनगरका २० जना विद्यार्थीहरुलाई पोषाक तथा खाद्यान्न वितरण गरेको जनाएको छ । साथै बैंकले वभिन्न विद्यालयका ४४ जनाविद्यार्थीलाई रु २ लाख २० हजार छात्रवृत्ति वितरण गरेको बताएको छ ।

बैंकले हाल देशभर रहेका १०६ शाखा कार्यालयमार्फत सेवाप्रदान गर्दै रु ५३ अर्ब निक्षेप संकलन तथा रु ५० अर्व कर्जा प्रबाह गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री