शनिबार, ८ वैशाख २०८१

नयाँ दिल्ली पुगे प्रधानमन्त्री ओली, भारतीय गृहमन्त्रीले गरे स्वागत

समयपोष्ट २०७४ चैत २३ गते ५:२४

भारतको तीन दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

Advertisement

नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओलीसहित भ्रमण दलको सदस्य केही बेर अघि नयाँ दिल्लीस्थिति इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्नका लागि भारतीय गृहमन्त्री राजनाथ सिंह विमानस्थल पुगेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि भएको हो । यसअघि मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज चैत २३ गतेदेखि २५ गतेसम्म भ्रमणका लागि मिति तय भएको थियो ।

प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट आज बिहान ९ बजे भारत प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री