बिहीबार, १५ चैत २०८०

नेपाल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद जारी नगर्दै थप ६५ प्रतिशत हकप्रद जारी गर्ने

समयपोष्ट २०७४ चैत २२ गते ७:२७

नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद जारी नहुँदै थप ६५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले थप ६५ प्रतिशत हकप्रद विक्री गर्ने निर्णय गरेको हो ।

Advertisement

कम्पनीले बैशाख ५ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्दै छ । कम्पनीले शतप्रतिशत हकप्रद र बोनसपश्चात कायम हुने चुक्ता पूँजी ६१ करोड ७६ लाखको ६५ प्रतिशत हकप्रद जारी गर्ने जनाएकाे छ ।

यसैगरी कम्पनीको सोही बैठकले आगामी बैशाख २१ गते इन्स्यारेन्सको ६९ औं बार्षिक साधारण सभा डाकेको छ । सभाका लागि कम्पनीले बैशाख ७ गते सेयरधनी किताब बन्द गर्ने भएको छ ।

जसअनुसार बैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले शतप्रतिशत हकप्रदले समेत पाउने गरि प्रस्ताव गरेको २.२६ प्रतिशत बोनस प्राप्त गर्न र सभामा सहभागि हुन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री