शुक्रबार, २१ असोज २०७९

नेपाल इन्स्योरेन्सकाे शतप्रतिशत हकप्रद सुरक्षित गर्नुभयो ?

समयपोष्ट २०७४ चैत २२ गते ६:२२

नेपाल इन्स्योरेन्स कम्पनीको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मिति रहेको छ । कम्पनीको हकप्रदमा चैत्र २२ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र आवेदन गर्न पाउनेछन् ।

Advertisement

कम्पनीले बैशाख ५ गते देखि १ः१ अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद जारी गर्दैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

शेयरधनीहरुले हकप्रदमा विक्री प्रबन्धकका साथमा नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट २०७५ जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख ७० हजार पुग्नेछ । इन्स्योरेन्सको शतप्रतिशत हकप्रदले समेत पाउने गरि २.२६२ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री