शनिबार, ८ वैशाख २०८१

एमालेले पार्टी एकताबारे औपचारिक निर्णय कहिले गर्ला ?

समयपोष्ट २०७४ चैत २१ गते १४:४०

नेकपा (एमाले) संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुुनुभएको छ ।

Advertisement

दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बसेको बैठकले दलका प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई जिम्मेवारी दिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न भारत भ्रमण तथा नेकपा (माओवादी केन्द्र) सँगको एकताबारे जानकारी गराउनुभएको सचेतक चौधरीले जानकारी दिनुभयो ।

केक बैठक वैशाख ७ मा

एमालेको आजको स्थायी कमिटी बैठकले पार्टी एकताबारे औपचारिक निर्णय गर्न आगामी वैशाख ३ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । निर्वाचनदेखि वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन बुझाइएको थियो ।

प्रतिवेदनमा नेकपा स्थापना दिवस वैशाख ९ मा एकता गर्न सुझाव दिइएको छ । एकताको मिति र कार्यदलले मिलाउन बाँकी विषयमा छलफल गर्न बिहीबार एकता संयोजन समितिको बैठक बस्दैछ । गत फागुन ७ मा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेका थिए ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री